Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनमा छापियाे साढे तीन लाख लाइसेन्स, अझै दुई लाख छाप्‍न बाँकी


    बुधबार, असार २४ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लामाे समयदेखि सुस्त रहेकाे लाइसेन्स छाप्‍ने कामले लकडाउनकाे अवधिमा तीव्रता पाएकाे छ । यातायात व्यवस्था विभागले लकडाउनकाे तीन महिने अवधिमा करिब तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको जनाएकाे छ।

    चालु आर्थिक वर्षमा अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ। याे आर्थिक वर्षकाे पहिलाे ९ महिनामा साढे ३ लाख लाइसेन्स मात्र छापिएकाे थियाे । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी रहेकाे बताइएकाे छ ।

    गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ। असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

    विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ। बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ।

    संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।

    सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो। देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ।

    विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गतवर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र छाप्ने मास प्रिन्टर किनेको थियो। अहिले पूरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ। (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार