Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • न्यून गुणस्तरका दुई औषधि बेच्‍न रोक


    बुधबार, असार २४ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।

    मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएकाे छ । 

    औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्‍का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई मंगलबार निर्देशन दिइएको बताइएको छ  । विभागले उक्त औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार