Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्ञवालीसँगै उपाध्याय र लम्सालको पनि बिदाई आज


    बुधबार, असार २४ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीको आज बिदाई गर्ने कार्यक्रम तय भएको छ । ३० वर्षे सेवा अवधिका पूरा भएका कारण अनिवार्य अवकाश पाउन लागेका आइजीपी ज्ञवालीको बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयाेजना गरेर बिदाई गरिने भएको हाे ।

    साेही कार्यक्रममा ज्ञवालीसँगै ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायकाे पनि बिदाई हुने भएकाे छ । 

    साे कार्यक्रममा लागि विभागका अधिकृतहरु उपस्थित हुने बताइएको छ ।

    ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व शैलेश थापा क्षेत्रीले गर्नेछन् । क्षेत्रीलाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।

    नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबारका लागि राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार