Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हावाबाट पनि काेराेना सर्ने प्रमाण भेटिएकाे दावी


    बुधबार, असार २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लाे समय विश्वव्यापी रुपमा फैलिइरहेकाे काेराेनाभाइरस हावामा समेत भेटिएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले साे भाइरस हावामा रहेकाे प्रमाण भेटिएको जनाएकाे छ ।

    यसअघि ३२ देशका २ सय ३९ वैज्ञानिकहरुको समूहले याे कुरा पत्ता लगाइसकेका थिए । उनीहरुले हावाबाट कोरोना सर्ने भन्दै डब्ल्युएचओलाई खुला पत्र लेख्दै कोरोना नियन्त्रणकाे लागि जारी भएकाे निर्देशिका संशोधन गर्न माग गरेका थिए ।

    महामारीसँग जुध्‍न डब्ल्युएचओले गठन गरेको प्राविधिक समूहकी प्रमुख डा. मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषयमाकेहि प्रमाण भेटिएको बताइन् । यसबारे थप अध्ययन भइरहेकाे समेत उनले जानकारी दिएकी छिन् ।

    हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह डब्ल्युएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ ।

    यसअघि डब्ल्युएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । (एजेन्सी)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार