Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित


    बुधबार, असार २४ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा हिजो बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए ।

    यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पनि बढ्दै गएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।

    केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो । “हालको समय र परिस्थितिका कारणका हामीले बुधबार रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ’, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने ।रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार