Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको पक्षमा अत्तरियामा प्रदर्शन, लम्कीमा कुटाकुट


    मंगलबार, असार २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • टीकापुर । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीका अत्तरिया र लम्की बजारमा प्रदर्शन भएका छन् ।

    पार्टीभित्रैबाट प्रधानमन्त्रीलाई सत्ताबाट हटाउने कोसिस भइरहेका समाचारहरु बाहिरिए लगत्तै प्रधानमन्त्रीका पक्षमा देशका विभिन्न स्थानहरुमा प्रदर्शनहरु भइरहेका छन् ।

    सचेत नागरिक समाज अत्तरियाको अगुवाईमा सोमबार साँझ भएको प्रदर्शनमा युवा, विद्यार्र्थी र केही व्यवसायीहरु सहभागी थिए ।
    अत्तरियाको दुर्गा मन्दिरबाट शुरु भएको र्याली मुख्य चोक परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

    सहभागीहरुले ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘जनताको चाहना स्थिर सरकार’, ‘जनताको मत ओलीलाई आज होइन भोलिलाईु भारतीय दलाल होसियार’ जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।

    यसैगरी सोमबार साँझ नै कैलालीको लम्की बजारमा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन भइरहँदा झडप भएको छ । सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा आयोजित कार्यक्रम माथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कैलाली जिल्ला सदस्य रतन सुनारको समूहले आक्रमण गरेपछि केहीबेर तनाव भएको थियो ।
    कार्यक्रमका प्रमुख बक्ता सम थापा बोलिरहँदा सुनारको समूहले दर्शकदीर्घामा होहल्ला गर्दै कार्यक्रम विथोल्न खोजेपछि प्रदर्शनकारीहरुले सुनारसहित तीन जनालाई कुटपिट गरेका थिए ।

    सुरुमा सुनार एक्लैले लम्कीमा कार्यक्रम गर्न दिदैनौ भन्दै र्यालीमा अवरोध गर्न खोजेको थिए भन्दै एकजना सहभागीले भने ‘युवा विद्यार्थीले सुनारको कुरामा खासै ध्यान नदिइ र्याली सम्पन्न गरे ।’
    कोणसभा हुँदा समूहसहित आएका सुनारले दर्शक दीर्घामा घुसपैठ गरेर होहल्ला गर्न थालेपछि भाषण सुनिरहेका सर्वसाधारणले कुटपिट गरेर प्रहरीलाई जिम्मा दिएका थिए ।

    प्रदर्शनकाृे आयोजकका कार्यक्रम विथोल्न आएका सुनार र उनका साथीहरु पूर्व माओवादी लडाकु हुन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कैलाली जिल्ला सचिव लालबहादुर सोडारी र लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईले कार्यक्रम विथोल्न सुनारसहितको टीमलाई परिचालन गरेको प्रदर्शनका आयोजकहरुले आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार