Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • दुई लाख ७३ हजार भारुसहित दुई भारतीय पक्राउ


    मंगलबार, असार २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी । दुई लाख ७३ हजार ७ सय ८० भारतीय रूपैयाँ सहित दुई भारतीय पक्राउ परेका छन्।

    सुनसरीको कोशी गाउँपालिका ८ चारकुनेस्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीको टोलीले उक्त रकम सहित दुई भारतीयलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा भारतका २८ वर्षीय मोहम्मद आरिफ र ३० वर्षीय कमरु जमा छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपिएफ टोलीले पक्राउ गरेको हो।

    नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपिएफ टोलीले शंका लागि जाँच गर्दा उक्त रकम फेला परेको हो।

    उक्त रकम पाँच सय दरको ५ सय ५२ वटा, दुई सय दरको १ वटा, एक सय दरको ३ वटा, ५० दरको ३ वटा, २० दरको ३ वटा र १० दरको ७ वटा रहेको छ। त्यस्तै २ सय ५० नेपाली रुपैयाँ समेत बरामद भएको छ।

    थप कारबाहीको लागि सशस्त्रले उनीहरूलाई स्थानीय प्रहरी कार्यालयमा बुझाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार