Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुरक्षाकमीले नै सेवाग्राहीसँग घुस लिएपछि…


    मंगलबार, असार २३ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँच हजार घुससहित सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव पक्राउ परेका छन् ।

    सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

    नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा आयोगको टोलीले उनलाई ईश्वरपुर नगरपालिका–१० श्रीनगर महारानी बजारस्थित कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    आयोगका प्रवक्ता कोइरालका अनुसार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार