Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको सांसद मन्त्री भएर भारतको हितमा बोल्ने सरिता गिरीको पद गुम्यो


    मंगलबार, असार २३ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि समेटर नेपाल सरकारले जारी गरेको नक्साको बिरोध गर्ने सांसद सरिता गिरीलाई उनको पार्टी जनता समाजवादी पार्टीले कारबाही गर्ने भएको छ ।

    नेपालले जारी गरेको नक्साको बिरोधमा भारतको पक्ष लिएर बोलेकी नेतृ तथा सांसद सरिता गिरीलाई पार्टीले कारबाहीको निर्णय गरेको छ । गिरीलाई पार्टीबाट निष्काशन गर्ने र सांसद पदबाट समेत हटाउने निर्णय मंगलबार जसपाले गरेको हो ।

    पार्टीको छानबिन प्रतिवेदनको आधारमा उनलाई कारबाही गर्ने निर्णय गरिएको जानकारी दिइएको छ । गिरीले ऐतिहासिक तथ्य र प्रमाणले कालापानी नेपालको भूमि भए पनि भारतको हो भन्दै राष्ट्रघाती अभिब्यक्ति दिएकी थिइनु । उनको यस्तो कदमको चर्को आलोचना भएको थियो । भारतमा जन्मिएकी उनले नेपालमा बिहे गरेर राजनीतिमा लागेकी हुन् । उनले संसदमा नक्सा अनुमोदन गर्दा पनि बहिस्कार गरेकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार