काठमाडौं । उपत्यकामा आज थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरुमा काठमाडौंका १४, ललितपुरका १० र भक्तपुरका ४ जना गरि जम्मा २८ जना रहेका छन् ।
हिजो सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।