Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुरुङद्धारा बैदेशिक रोजगार बोर्डको सदस्य अस्वीकार, ठगीको आरोप लागेका खड्का यथावत


    मंगलबार, असार २३ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । बैदेशिक रोजगार ब्यवसायीको तर्फबाट बैदेशिक रोजगार बोर्डको सदस्य मनोनीत गरिएका हेम गुरुङले उक्त पदमा बस्न असमर्थता प्रकट गरेका छन् । हेम गुरुङ र कैलाश खड्कालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आइतबार बोर्ड सदस्यमा नियुक्त गरेका थिए । ठगी आरोप लागेका कैलाश खड्का र कतार भिसा सेन्टरमार्फत् कामदारको भिसादेखि सबै प्रक्रिया गर्न सिन्डिकेट खडा गरेका हेम गुरुङलाई नियुक्ति गरिएकोमा चर्को बिरोध भइरहेको छ ।

    मन्त्री यादवले आर्थिक लाभ लिएर गुरुङ र खड्कााई बोर्ड सदस्यमा नियुक्त गरेको आरोप लागेको छ । मन्त्री यादवले गुरुङलाई बैदेशिक रोजगार ब्यवसायीको तर्फबाट र खड्कालाई विज्ञका रुपमा बोर्ड सदस्यमा मनोनीत गरेका थिए ।

    गुरुङले मंगलबार एक विज्ञप्तिमार्फत् श्रम मन्त्रीलाई सम्बोधन गर्दै बोर्ड सदस्यमा बस्न असमर्थता प्रकट गरेका छन् । गुरुङले मन्त्रीलाई लेखेको असमर्थतापत्रमा उल्लेख छ–‘ बैदेशिक रोजगार क्षेत्रलाई अझ ब्यवस्थित र सुरक्षित गर्न करिब दुई बर्ष सहयोग गर्ने अवसर प्राप्त भएको थियो । लामो समय बैदेशिक रोजगार क्षेत्रमा क्रियाशील रहेको र बोर्ड सदस्य भएर अनुभव भएका कारणले असार २२ मा मलाई नियुक्ति गरेको समाचार जानकारी भयो । अतः यस सम्मानित र मर्यादित बोर्डमा रहेर आफ्नो योग्यता र दक्षत अनुसारको परिणाममुखी कार्य गर्ने अभिष्ट हुँदाहुँदै पनि विश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ महामारीबाट सृजित बिषम परिस्थिति र यसका कारण समग्र क्षेत्र विश्व अर्थतन्त्रमा पर्न गएको ऋणात्मक असरको अतिरिक्त बैदेशिक रोजगारको क्षेत्रमा पनि देखिएको जटिलताका कारण र मेरो ब्यक्तिगत अस्वस्थताका कारणले समेत तत्कालका लागि बैदेशिक रोगार बोर्डको सदस्य पदमा रहेर काम गर्न असमर्थ भएको ब्यहोरा अनुरोध गर्दछु ।

    ठगीको आरोप लागेका कैलाश खड्कालाई र्आिर्थक लाभ लिएर मनोनीत गरेकोमा मिडियामा बिरोध भएपछि गुरुङले सदस्य बस्न अस्वीकार गरे । तर खड्काले भने छाडेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार