कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रबस्तीमा करेन्ट लागेर १९ वर्षीया सरस्वती धामीको मृत्यु भएको छ।
आफ्नै पसलको सटर खोल्ने क्रममा करेन्ट लागेर धामीको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सटरमा तार सर्ट भएर करेन्ट प्रवाह भएको हुनसक्ने बताए।
उनले शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको जानकारी दिए ।