Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि


    मंगलबार, असार २३ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्विर

    ललितपुर । पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका गोरखाका २७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । झुन्डिएको अवस्थामा देखेपछि छिमेकीले डोरी काटिदिएका थिए  । 

    अर्धचेत अवस्थामा रहेका उनलाई मनास्लु हस्पिटलबाट पाटन हस्पिटल रिफर गरिएको थियो । 

    आईसीयूमा राखिएका उनको हिजो राति मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार