Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने


    मंगलबार, असार २३ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मंगलबार दिउसाे बस्‍ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीकाे नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) छनाेट गर्ने भएकाे छ । बैठक दिउसाे ४ बजे बस्ने तालिका छ । 

    वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले आगामी  बुधबारबाट अवकाश पाउँदैछन् । उनले ३० वर्षे सेवा अवधिका पूरा भएका कारण बुधबारबाट अवकाश पाउँदै छन् । साेहीकारण आजकाे मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी टु‌ंग्याउने भएकाे हाे । 

    बुधबार ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउँदै छन् ।

    नयाँ आईजीपीमा काे आउने भन्‍ने विषयमा याे पटक विगतमा जस्ताे अन्याेल देखिएकाे छैन । वरियतामा पहिलाे स्थानमा रहेका आईजी शैलेश थापा क्षेत्री नै नयाँ महानिरीक्षक बन्‍ने सम्भावना बढी देखिएकाे छ ।

    प्रहरी संगठनमा उनकाे प्रभाव र इमान्दार छविका कारण पनि उनकाे सम्भावना बढी भएकाे हाे । 

    यस्तैगरी एआईजी हरिबहादुर पालकाे पनि नयाँ आईजीपी बन्‍ने चर्चा चलेकाे छ । वरियतामा दाेस्राे स्थानमा रहेकाले पनि उनकाे चर्चा चलेकाे बुझिएकाे छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी संगठनकाे राेलक्रमलाई मिच्‍न नहुने लाइन छन् । उनकै कारण पनि आईजीपीमा क्षेत्रीकाे सम्भावना बढी देखिएकाे हाे ।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ आईजीपी छनाेटमा पहिलाे वरियताका रहेका नवराज सिलवाललाई पन्छाएर तेस्राे वरियतामाका जयबहादुर चन्दलाई आईजीपी बनाउँदा तत्कालीन नेकपा–एमालेका अध्यक्ष ओलीले चर्काे आलाेचना गरेका थिए । 

    वरियता मिचेर आईजीपी बनाउँदा प्रहरी संगठन बलियाे हुन नसक्ने तर्क गरेका प्रधानमन्त्री ओलीलाई अहिले पहिलाे वरियताका क्षेत्रीलाई नै आईजीपी बनाउन नैतिक दबाब समेत रहेकाे छ । 

    प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार विशेष कार्यक्रम समेत राखिसकेकाे छ । साेही दिन पुराना आईजीपीलाई बिदाइ र नयाँ आईजीपीलाई स्वागत गर्ने कार्यक्रम पनि राखिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार