Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखामा पनि बाँदर धपाउने यन्त्र वितरण


    मंगलबार, असार २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र वितरण गरेको छ ।

    नगरपालिकाले नौवटै वडाका किसानलाई बाँदर धपाउने यन्त्र आज वितरण गरेको हो । किसानहरूले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।

    बाँदरले किसानहलाई दुःख दिन थालेपछि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको थियो । पहिलो चरणमा नगरपालिकाले ३० थान बाँदर नियन्त्रयण गर्ने यन्त्र किसानलाई वितरण गरेको र यसको प्रभावकारिताको आधारमा पुन दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार