Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


    मंगलबार, असार २३ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्विर

    कास्की । पोखरामा हिजो भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

    पोखरा महानगरपालिका–५ जिरो किमीस्थित कालिका पेट्रोलपम्म अगाडि लु५९प ८७८१ को नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ५१ का रूपा सिंह बिकलाई ठक्कर दिँदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

    ठक्करबाट घाइते बिकलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा–६ बस्ने वर्ष १९ का नारायणप्रसाद आचार्यसमेत घाइते भएकामा उनको अवस्था मध्यम रहेको र हाल रिजन अस्पताल जिरोमा उपचार भइरहेको प्रनाउ रेग्मीले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार