Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवागढीको नाका एकतर्फी सञ्चालनमा


    सोमबार, असार २२ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । रसुवागढीको नाका एकतर्फी सञ्चालनमा आएको छ। कोरोना भाइरसको जोखिम बढेसँगै उक्त नाका विगत पाँच महिनादेखि बन्द थियो ।

    मुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार माघ १५ गतेदेखि बन्द रहेको नेपाल– चीनको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको हो।

    कोरोनाको संक्रमण देखिन थालेपछि सो नाका बन्द गरिएको थियो।

    ‘पाँच महिनादेखि नाका बन्द थियो। ल्हासामा रहेका चिनियाँ अधिकारी र नेपाल तर्फको वाणिज्य मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको थियो,’ उनले भने, ‘सोमबारदेखि एकतर्फी भए पनि सञ्चालनमा ल्याउने सहमति अनुसार नाका खुलेको हो।’

    उनका अनुसार आज त्यहाँबाट पाँच वटा कन्टेनरमा सामान नेपालतर्फ आएको छ। ‘स्वास्थ्य सम्बन्धीका मापदण्डहरू पुर्ण रूपमा पालना गरी सामान ल्याउने भन्ने सहमति भएको थियो,’ उनले भने।

    पाँचमध्ये तीनवटा कन्टेनर अनलोड भई प्रवेश भएको र अरू आउने क्रममा रहेको भन्सार कार्यालय रसुवागढीका प्रमुख पुण्यविक्रम खड्काले बताए। सुरक्षाको दृष्टिकोणले ती कन्टेनरमा आएका सामान २४ घण्टापछि मात्रै चेकिङ गर्ने उनले बताए।

    ‘यहाँको नाकाबाट प्राय लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान आउने गर्छ,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार