Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको आग्रहः सामाजिक सञ्जालमा आउने विज्ञापनको प्रलोभनमा नपर्नु


    सोमबार, असार २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै महानगरीय अपराध महाशाखाले फेसबुकमा आउने विज्ञापनको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार फेसबुकमा महँगो मूल्यका मोबाइल तथा घडी लगायतका सामान सस्तोमा विक्रीमा भन्दै पैसा लिइ सामान नबुझाइ ठगी गर्ने गिरोह सक्रिय भएको छ।

    ‘फेसबुकमा आइफोन, वान प्लस र अन्य ब्राण्डका मोबाइल घडी तथा अन्य महँगा सामानहरू अत्यन्त सस्तो मूल्यमा विक्रीमा छ,’महाशाखाले जारी गरिएको सूचनामा भनिएको छ,’स्टक लिमिटेड छ भनि विज्ञापन गरी ग्राहकहरूलाई विभिन्न बैंकका खाताहरूमा आइएमई गर्न लगाइ सामान डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय छ।’

    त्यस्ता घटनाका उजुरी परेपछि महाशाखाले यो घटनामा अनुसन्धान थालेको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए।

    महाशाखाले सस्तोमा सामान पाइने भन्दैमा भ्रामक विज्ञापनको पछि लागे ठगिन सक्ने भन्दै प्रलोभनमा नपर्न अनुरोध गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार