भक्तपुर । सोमबार भक्तपुर जिल्लामा मात्रै १० जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार थपिएका कोरोना संक्रमितमध्ये १० जना भक्तपुरका हुन् ।
स्रोतका अनुसार संक्रमितमध्ये दुई जना नेपाल एयरलाइन्सका पाइलट हुन् । चाबहिलका ४२ वर्षीय र चाँगुनारायण नगरपालिकाका–२ दुवाकोटका ३४ वर्षीय पुरुष हुन् ।
यस्तै अरु संक्रमितमा भक्तपुर नगरपालिका (भनपा)–२ इँटाछेका २४ वर्षीय पुरुष, भनपा–१ च्यामासिङका ३३ वर्षका महिला, भनपा–२ ब्यासीका २७ वर्षीय पुरुष, ब्यासीमा डेरामा बस्ने धनकुटाकी २१ वर्षीया महिला, सूर्यविनायक नागरपालिका, बालकोटका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
चानुगनराण नगरपालिका २ का २७ वर्षीया महिला र वडा नम्बर ७ का ३० वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुको कट्याक ट्रेसिङ गरेपछि स्थानीय हुन् वा अरु भन्ने खुल्ने जिल्ला स्वास्थ्य कार्यालयका एक अधिकारीले बताए ।