एजेन्सी । अमेरिकामा दुई जहाज ठोक्किएर तालमा खस्दा कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ।
आइडाहोमा रहेको कोयूर डिएलिन तालमाथि दुई जहाज ठोक्किँदा आठ जनाको मृत्यु भएको कुटेनाइ काउन्टी सेरिफ अफिसका लेफ्टिनेन्ट रायन हिगिङ्ग्सले बताए।
दुर्घटना स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे भएको हिगिङ्ग्सले सिएनएनलाई बताएका छन्।
दुई मृतकको शव भने जहाज तालमा डुब्न अघि नै निकालिएको थियो। अन्य ६ जना भने ताल भित्रै रहेको र मृत्यु भइसकेको हिगिङ्ग्सले जानकारी दिए।
मृतकमध्ये बालक पनि रहेको तर विस्तृत जानकारी आइनसकेको उनले बताएका छन्। दुर्घटनाको कारण भने पत्ता लागेको छैन।