Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मास्क नलगाउनेलाई पक्रन गृह मन्त्रालयकाे निर्देशन


    सोमबार, असार २२ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । घरबाहिर हिँड्दा मास्क नलगाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देशन दिएकाे छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाउनेलाई पक्राउ गर्न निर्देशन दिएकाे हाे । 

    पछिल्लाे समय लकडाउन खुकुलाे भएकाे र काेराेनाभाइरसकाे संक्रमण बढेकाले गृह मन्त्रालयले यस्ताे निर्देशन जारी गरेकाे जनाएकाे छ । 

    मन्त्रालयले यसअघि नै याे निर्देशन दिएकाे भएपनि अहिले यसलाई कार्यन्वयन गर्नका लागि फेरि निर्देशन जारी गरेकाे जनाएकाे छ । यस्तै २ मिटरको दूरी कायम गर्न र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन समेत मन्त्रालयले निर्देशन दिएकाे छ । 

    निर्देशनको अवज्ञा गर्नेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताइएकाे छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार