Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार्टर्ड उडान गरिरहेकाे नेवानिका सात कर्मचारीमा काेराेना पुष्टि


    सोमबार, असार २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विदेशबाट नेपाली उद्धारका लागि उडान गरिरहेकाे नेपाल वायुसेवा निगम (नेवानि) का सात कर्मचारीमा काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे छ।  

    सरकारले केही समयअघि विदेशमा रहेका नेपाली उद्धार गर्ने बताएसँगै नेवानिले नियमितर रुपमा चार्टर्ड उडान गरिरहेकाे छ । काेराेना देखिएका कर्मचारी उडानमा संलग्‍न हुन् कि विमानस्थलमा कार्यरत रहेकाे अहिलेसम्म खुलेकाे छैन ।  

    यसअघि हिमालयन एयरलाइन्सका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    निगमका कर्मचारीमा काेराेना पुष्टि भएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समेत जनाएका छन् । उनले ट्वीट लेख्दै कर्मचारीकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

    ‘संकटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ याेगशकाे ट्वीटमा उल्लेख छ । 

     

    yogesh tweet.jpg 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार