Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • फेसबुकमा लाइभ गरी झुण्डिएर आत्महत्या


    आइतबार, असार २१ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक किशोरीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको जानकारी दिए ।

    भरतपुरमा ती युवतीले ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको इन्सपेक्टर भट्टले बताए । ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरुको नभएको समयमा ती युवती सलको पासो लगाएर झुण्डिएकी प्रहरीको भनाइ छ ।

    केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार