Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेलम्चीको सुरुङमा पानी छोड्दा बाग्मतिमा बाढी आउने सम्भावना


    आइतबार, असार २१ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबारदेखि पानी जोडिएपछि मेलम्ची र बागमती नदीमा पानीको वहाब बढ्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

    मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रका खोलानाला साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्न सक्ने छ ।

    त्यसैले ती नदी तथा खोलाको किनारमा जाँदा विशेष सावधानी अपनाउन समितिले आग्रह गरेको छ ।

    सुरुङ मार्गमा पानी पठाएर परीक्षण गर्ने क्रममा मेलम्ची नदीमा पनि पानीको सतह घटबढ हुन सक्ने भन्दै समितिले नदीमा पौडी खेल्न, माछा मार्न, बस्तुभाउ लिएर जाँदा सतर्क हुन आग्रह गरेको छ । सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भन्दै आयोजनाले त्यस क्षेत्रका खोलानालामा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । आफ्नो घर वरपर पानीको नयाँ मूल देखिए पनि खबर गर्न आयोजनाले सुरुङ रहेका स्थान वरपरका वासिन्दालाई आग्रह गरेको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाडौंमा खानेपानीका रुपमा ल्याउन आइतबारदेखि सुरुङमा पानी पठाएर परीक्षण गरिएको छ । योसँगै मेलम्ची आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दावी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार