Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग


    आइतबार, असार २१ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुर्व्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग नेपाल प्रेस युनियनले गरेको छ । लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका विषयलाई लिएर बेँसीशहर नगरपालिका–७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हातपात तथा गालीगलोज गरेको जनाइएको छ ।

    खोज पत्रकारिता केन्द्रमा प्रकाशित ‘सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेनन्’ समाचारको विषयलाई लिएर गुरुङलाई बाहिर सडकमा बोलाई बाइकको हेलमेट र चाबी खोसेर बस्नेतले हातपात गरेको जनाउँदै युनियनले जिल्ला प्रहरी कार्यालय लमजुङलगायत स्थानीय प्रशासनसँग निजलाई कारवाही गर्न माग गरेको छ ।

    युनियनले बाँकेका पत्रकार टेकेन्द्र बस्यालमाथि भएको हातपात र दुर्व्यवहार घटनामा संलग्नलाई नियन्त्रणमा दिई कारवाही गराउन पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । सबै सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षलाई युनियनले माग गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार