Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुन कुन जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय नाघे ?


    आइतबार, असार २१ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालका ६ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, प्रदेश ५ को पाल्पा र सुदूर पश्चिम प्रदेशको अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी संक्रमित छन्।

    यसअघि पाँच सयभन्दा बढी संक्रमित रहेका दाङ, कपिलवस्तु, दैलेख र सर्लाहीमा भने संख्या घटेको छ। ती जिल्लाबाट निको भई घर फर्कको संख्या बढेपछि (एक्टिभ) संख्या घटेको हो।

    प्रदेश १, ३, ४ र कर्णालीका कुनै जिल्लामा पनि संक्रमितको संख्या ५ सय नाघेको छैन। आइतबार थप २९३ जनामा कोरोनाभाइरस संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार