काठमाडाैं । नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार २ सय ९३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए ।
संक्रमितमध्ये ६ हजार ५४७ जना निको भएर घर फर्किएका छन् भने पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
हालसम्म मृतक ३४ जनामा कोरोना पुष्टि भएको छ।