Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कारण विदेशमा रहेका १४३ नेपालीको मृत्यु


    आइतबार, असार २१ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोनाभाइरस (काेभिड–१९) काे कारण विदेशमा रहेका नेपालीले ज्यान गुमाउने संख्या १ सय ४३ पुगेकाे छ । पछिल्लाे एक सातामा मात्रै १३ जनाकाे मृत्यु भइसकेकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

    यसरी मृत्यु हुनेमा यूएईमा ६ जना, भारतमा पाँच जना, ओमानमा एक जना र कुवेतमा एक जना नेपालीको ज्यान गएको हो ।

    अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन र ओमान लगायत देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको समितिले जनाएको छ ।

    यस्तैगरी संक्रमितकाे संख्या पनि उकालाे लागेकाे बताइएकाे छ । शनिबार साँझसम्म विदेशमा रहेका २८ हजार ९ सय १८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये २५ हजार २ सय २६ जना संक्रमण मुक्त भइ डिस्चार्ज समेत भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार