Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गरी मनाईंदै


    आइतबार, असार २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।आजको दिन शिक्षा, कला, साहित्य, सीप , मन्त्र दान गर्ने गुरु, र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । आजकै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह गर्दा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने हुन्छ ।
    पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ। शिक्षा, कला, साहित्य लगाएत अन्य कुराको ज्ञान दिने गुरुको सम्मान गर्ने दिन आज असार शुक्ल पूर्णिमाआफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार