काठमाडौं । तीव्र गतिमा संक्रमण फैलिएपनि लकडाउन खुकुलाे बनाइएकाे पाकिस्तानका मन्त्रीलाई समेत काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुुरेशीलाई संक्रमण पुष्टि भएको हाे । पछिल्लाे समय स्वास्थ्य बिग्रिएका उनकाे काेराेना परीक्षण गर्दा शुक्रबार संक्रमण देखिएकाे बताइएकाे छ ।
संक्रमण पुष्टि भएकाले कुरेशीले परिवारबाट अलग्गै बसेर आफ्नो काम समेत गरेकाे स्थानीय सञ्चारमाध्यमले जनाएकाे छ । उनले ट्वीटरमा समेत आफूलाई संक्रमण भएकाे उल्लेख गरेका छन् । उनलाई सुरुमा ज्वराे आएकाे र परीक्षण गर्दा काेराेना पुष्टि भएकाे उनले ट्वीटमा उल्लेख गरेका छन् । आफू सेल्फ क्वारेन्टिनमा बसेरै काम गरिरहेकाे समेत उनले जानकारी दिएका छन् ।
पछिल्लाे समय पाकिस्तानमा दैनिक ५ हजारकाे हाराहारीमा संक्रमित भेटिइरहेकाे छ । त्यहाँ अहिलेसम्म २ ला २६ हजारमा संक्रमण देखिएकाे छ भने ४ हजार ६ सयकाे मृत्यु समेत भइसकेकाे छ । (एजेन्सीकाे सहयाेगमा)