काठमाडौं । आज थप २ सय ३२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ सय ३२ जना कोरोनाका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
त्यस्तै, विगत २४ घण्टामा २७२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । आजसम्म कुल डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।