काठमाडौं । काेभिड–१९ काे प्रभाव बढ्दै गएकाे भारतमा याे संक्रमण विरुद्धकाे खाेपकाे काम तीव्र गतिमा अघि बढेकाे छ । स्थानीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार आगामी अगस्ट १५ सम्ममा याे भाइरसविरुद्धकाे खाेप तयार हुनेछ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा जनाएकाे हो । काेभिड–१९ विरुद्धकाे खाेप निर्माणमा आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् ।
खाेप परीक्षणकाे चरणमा रहेकाे र सफल भएमा आगामी अगस्ट १५ सम्ममा सर्वसाधारणकाे पहुँचमा पुग्ने जनाएकाे छ । अगस्ट १५ भारतको स्वतन्त्रता दिवस पनि हाे ।
खाेपकाे परीक्षणका लागि १२ वटा संस्थानलाई चुनिएको र ७ जुलाईसम्ममा ती संस्थानले परीक्षणको इजाजत लिइसक्नुपर्ने बताइएकाे छ ।
भारत बायोटेक कम्पनीले पनि युद्धस्तरमा काम गरिरहेको र यसकाे सफलताकाे सम्भावना बढी देखिँदै गएकाे समेत बताइएकाे छ ।