Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोकनामा स्थानीय र प्रहरीबीच झडप


    शनिबार, असार २० २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । खोकनाका स्थानीय र प्रहरीबीच झडप भएको छ । सरकारले अधिग्रहण गरेकाे जमिनमा राेपाइँ गर्न गएका स्थानीय किसान र प्रहरीबीच झडप भएको हो ।

    अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

    फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्। आज खड्का फाँटमा संयुक्त रोपाइँ गर्न आएका किसानलाई प्रहरीले रोक्न खोजेपछि तनावको स्थिति आएको बताइएकाे छ ।

    झडपमा स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् । यसअघि असार १५ गतेका दिन पनि खाेकनामा प्रहरी र स्थानीयबीच वादविवाद भएकाे थियाे । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार