Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ तारकेश्वरका ३ जनामा कोरोना संक्रमण पुष्टि


    शनिबार, असार २० २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ तारकेश्वर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तारकेश्वर नगरपालिका-४ फुलबारी गेटकी ५२ वर्षिया महिला, नेपालटारकी २६ वर्षिया महिला र तारकेश्वर-९ मनमैँजुकी २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार फुलबारी गेटकी ५२ वर्षिया महिला त्यहिँकी स्थानिय भएको र असार १५ गते नियमित स्वास्थ्य जाँच गराउन काठमाडौँकै एक हस्पिटलमा गएको र असार १८ गते उनमा कोरोना पुष्टि भएको हो ।

    यस्तै, मनमैँजुकी २३ वर्षिया महिला काठमाडौँको ह्याम्स अस्पतालमा कार्यरत रहेको खुलेको छ । गोरखाबाट आएर १४ दिन होम क्वारेन्टिनमा बसेकी उनको असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 

     नेपालटारकी २६ वर्षिया महिला नुवाकोटबाट असार १४ गते काठमाडौँ आएकी थिइन् । उनको पनि असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार