Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ महिनाको शिशुमा कोरोना संक्रमण देखियो


    शनिबार, असार २० २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण फैलिने क्रम तीव्र गतिमा बढिरहेको छ । १३ महिनाको शिशुमा समेत कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    आइतबार उदयपुरबाट उपचारका लागि ल्याइएका ती शिशुमा शुक्रबार कोरोना कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

    यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस भएको अस्पतालले जनाएको छ शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार