Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशमा रहेका नेपालीकाे उद्धार जारी, शनिबार ११ वटा चार्टर्ड उडान


    शनिबार, असार २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काेभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीकाे उद्धार हुने क्रम जारी छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान मार्फत् नेपालीहरु ल्याइने भएकाे छ । खाडी लगायतका विभिन्न मुलुकबाट नेपालीहरु ल्याउनका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स परिचालित छन् ।

    नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान गरिरहेका छन् भने कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगाय विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गर्दै आएकाे विमानस्थल कार्यालयले जनाएकाे छ । 

    नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन्। आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन्।

    कुवेतबाट नेपाली यात्रु आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको छ। सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ।

    यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौं विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कंदै छ। आजै कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन्।

    अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए। ती उडानबाट कूल ९ सय १८ यात्रु नेपाल भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार