काठमाडौं । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०७९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ७,बागलुङमा २ ,तनहुँमा १, माग्दीमा ३ ,स्याङ्जामा १ र काँस्कीमा २ जना गरि कुल १६ जना रहेका छन् ।
