काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।
यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सहमतिका लागि २ दिनसम्म स्थायी समिति बैठक स्थगित गरेका थिए ।
शनिबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीले थप समय मागेपछि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब परेपछि उनी बैठकमै उपस्थित हुन छाडेका छन् ।