Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको कारण गोरखामा एकको मृत्यु, मृतक संख्या ३३ पुग्यो


    शनिबार, असार २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्विर

    गोरखा । गोरखा अस्पतालमा कोरोनाबाट संक्रमित एकको मृत्यु भएको छ। गोरखा अस्पतालका अनुसार पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान ५ : ३० मृत्यु भएको छ।

    कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार