काठमाडौं । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यबिरुद्ध भ्रष्टाचार गरी गैरकानुनी रुपमा करिब ३ करोड रुपैयाँ आर्जन गरेको अनुसन्धानका क्रममा देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सडक विभाग अन्तर्गतका कार्यालयमा कार्यरत हुँदा उनले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्चजीवनयापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपर अनुसन्धान गर्दा उनले २ करोड ७ लाख ७९ हजार ९ सय ८६ रुपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले उनकी श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ ।