Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणका कारण ८५ बर्षीय बृद्धको मृत्यु


    शुक्रबार, असार १९ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंको बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

    असार १७ गते ८५ वर्षका पुरुषको काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

    उच्च रक्तचाप र पार्किन्सनका बिरामी बृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा उपचार भइरहेको बेला उनको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार