Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँमा कोरोनाबाट एकको मृत्यु


    शुक्रबार, असार १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक वृद्धको असार १७ गते मृत्यु भएको हो।

    उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो।

    मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए।

    यीसहित हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

     

    शुक्रबार मुलुकभर कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार