Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ७४० मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १५ हजार २५९


    शुक्रबार, असार १९ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा आज ७४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो ।

    यी सहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन् । यीसहित हालसम्म निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

    विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार