Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हाइप्रोफाइल जुवाडेलाई पक्राउ गर्ने डीएसपी दाहाल पुरस्कृत


    शुक्रबार, असार १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी कार्यालयले मातहतका बृत्त र प्रभागमा कार्यरत उत्कृष्ट तीन प्रहरीलाई शुक्रबार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल, साँखु प्रभागका इन्स्पेक्टर गोविन्द पन्थी र हवल्दार शिवप्रसाद दाहाल छन् । तीनै प्रहरीलाई महानगरीय प्रहरी कार्यालयले नगदद्धारा पुरस्कृत गरेको छ ।

    डीएसपी दाहालको टोलीले २०७७ जेठ १९ मा होटल गगौंरबाट जुवा खेलिरहेको अवस्थामा एनआइसी बैंकका संचालक रामचन्द्र सांघाई, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका संचालक तथा विशाल ग्रुपका एमडी अशोक अग्रवाल, ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्दकिशोर शर्मा सहित ८ जनालाई पक्राउ गरेका थिए पक्राउ पर्नेमा सुरेश अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, विमल आउजा, विमल खेतान र निक्की जोगाई थिए । 

    अशोक अग्रवाल पश्चिम अफ्रिकी मुलुक गिनीका अवैतनिक महाबाणिज्य दूत पनि हुन् । जुृवाको खालबाट पक्राउ परेका उनीहरुलाई छुटाउन माथिल्लो निकायबाट चर्को दबाब परे पनि प्रहरीले उनीहरुलाई ४ दिन हिरासतमा राखी जेठ २३ मा छाडेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार