सिन्धुपाल्चोक । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको एक घर बगाएको छ । जिल्लाको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको हो। साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ।
स्थानीय प्रेम श्रेष्ठको घर बगाउँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको र घरधनि बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिए।
त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब एक हजार २०० घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ। उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्दछ। रासस