Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुदुरपश्चिममा थप ३९ मा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, असार १९ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कैलाली । सुदुरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    आज गरिएको परीक्षणमा कोरोना पुष्टि भएकामध्ये ९ जना महिला सहित ३० जना पुरुष रहेका छन् ।

    पुष्टी भएकामध्ये अछाम मंगलसेनका २३ र ४२ वर्षका २ पुरुष, मेलौली बैतडीका २६ वर्षीया १ महिला, २६ र ४२ वर्षीया २ पुरुष, पुचौडी बैतडीका ८ महिनाकी बालिका, पाथीभरा बझाङ्गका २६ वर्षीया १ पुरुष रहेका छन् ।

    शिखर डोटीका १९ वर्षीया १ पुरुष, केआईसिंह डोटीका ४० वर्षीया १ पुरुष, आदर्श डोटीका १९ वर्षीया १ महिला र २२, १५, ५०, १८, ३४, ३६, १८, २९, ३५ वर्षका ९ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनले कैलाली गोदावरीका ३०, २५ वर्षका २ महिला र ३०, ३८, २३, ७, ४०, ४७, ३०, २२ वर्षका ८ पुरुष, चुरे कैलालीका २१ वर्षीया १ महिला, ३४ वर्षीया १ पुरुष छन् । त्यसैगरी भीमदत्त कञ्चनपुरका ४७, २२, २२ वर्षीया ३ महिला, १७, २, ३५, ३० वर्षका ४ पुरुष र टिकापुर कैलालीका ५२ वर्षीया १ पुरुष रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार