Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डिजिटल सिग्नेचर प्रयोगमा ल्याउदै काठमाडौँ महानगरपालिका


    शुक्रबार, असार १९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने भएको छ । कुनै पनि भवनको नक्सा पास गर्दा कागजी प्रक्रिया पूर्णरुपमा बन्द गर्नका लागि कामपाले यस किसिमको अभ्यास शुरु गर्न लागेको हो । नक्सा दर्ता भएको ३० दिनभित्र स्वीकृतिको प्रमाणपत्र दिने गरी प्रणाली विकास गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिए।

    प्रमुख अर्यालका अनुसार सेवा लिन कार्यालय नै पुग्नुपर्ने, कर्मचारीलाई कुर्नुपर्ने अभ्यासलाई सुधार गर्न खोजिएको हो । यस प्रणालीमा दर्खास्तवालाले आफ्नो फाइल कुन डेस्कमा वा कुन अधिकारीकोमा पुगेको छ भनेर घरमै बसेर बुझन सक्छन् । कामपाले दुई वर्षअघि नै अनलाइबाट नक्सा पास गर्ने तयारी गरे पनि प्रभावकारी हुन सकेको थिएन ।

    विद्युतीय हरस्ताक्षर कार्यान्वयनमा आइसकेपछि दर्खास्तवालाले घरमै बसेर नक्सा दर्ता गर्न सक्छन् । मापदण्ड र कागजागत पुगेका नक्सा स्वचालित प्रणालीबाट प्रक्रियामा जान्छन् । यस प्रक्रियामा दर्खास्तवाला सरजमिन गर्ने बेला र प्रमाणपत्र लिने बेला कार्यालयमा जानुपर्छ । बैंकमा दस्तुर बुझाउने बेला ऊसँग बैंकको कारोवार गर्ने सुविधाअनुरुप घरमै बसेर वा बैंकमा गएर तिर्न सक्छन् ।

    फाइल प्रक्रियामा जाँदा शुरुवातमा नक्सा दर्ता भएको, दस्तुर बुझाएको र नक्सा स्वीकृत भएर प्रमाणपत्र लिन अनुरोध गरिएको एसएमएस दर्खास्तवालाको मोबाइलमा जान्छ । महानगर क्षेत्रभित्र भवन निर्माण वा पुनःनिर्माण गर्दा महानगरबाट अनिवार्य नक्सा स्वीकृत गराउनुपर्छ । यसो नगरे संरचना गैरकानूनी हुन्छ । भवन इजाजत विभागका प्रमुख सुरज शाक्यका अनुसार कामपा क्षेत्रभित्र निर्माण भएका भवन, तला थप हुने भवन, नयाँ निर्माण गरिने भवन तथा संरचनाको अनिवार्य नक्सापास गर्नुपर्छ ।

    जग्गा धनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि, जग्गा धनी दर्ता प्रमाण पूर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित १४ प्रकारका कागजात आवश्यक पर्छन् । पछिलो समय भवन निर्माण गर्दा नक्सा पास अनिवार्य गरे पनि पहिले नै निर्माण भएका भवन भने धेरै नक्सा पासविनै निर्माण भएको महानगर नै स्वीकार गर्दछ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार