Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आत्महत्या गरेका युवकमा कोरोना पुष्टि


    शुक्रबार, असार १९ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रोल्पा । रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए।

    मृत्युपछि उनको स्वाब पिसिआर परीक्षणका लागि निकालिएको थियो। दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार एभानमा कोरोना पुष्टि भएको हो।

    आत्महत्या गरेका सार्कीको शव भने पोष्टमार्टम गर्ने भनेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले सार्कीको शव रोल्पा नै पठाउने वा तुलसीपुरमै डिस्पोज गर्ने भन्ने बारेमा टुंगो लागिनसकेको बताए।

    ‘हामीलाई मृतकको कोरोना पुष्टि भएको पत्रचार मात्रै भएको छ,’ डिएसपी सिंहले भने, ‘दाङ र रोल्पाका सिडिओ सापका बीचमा यो विषयमा कुरा भएपछि मात्रै यसको टुंगो लाग्ने छ।’

    दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सकभर तुलसीपुरमै शव व्यवस्थापन गर्ने गरी छलफल भइरहेको सेतोपाटीलाई बताए।

    रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले आत्महत्या गरेका सार्कीलाई गाउँकै काका नाता पर्ने व्यक्तिको खाली घरमा होम क्वारेन्टिनमा एक्लै राखिएको थियो।

    विद्यालयमा निर्मित नजिकको क्वारेन्टिन प्याक भएको हुँदा उनलाई परिवारको सल्लाहमा त्यसरी खाली घरमा एक्लै राखिएको भन्ने जानकारी आफुले पाएको गुरुङले बताए।

    स्रोतका अनुसार भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरुले सार्की सँगै बस्न नमानेपछि उनलाई खाली घरको होम क्वारेन्टिनमा एक्लै राखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार