काठमाडौं । कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । बिहीबार ४९ दिनका शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
घाँटीमा समस्या देखिएपछि असार ९ गते अस्पताल भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।
शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो । यी शिशुको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट ३१ जनाको ज्यान गइसकेको छ ।
हालसम्म कोरोना संक्रमण भई डिस्चार्ज भएर घर फर्किनेको संख्या ५ हजार ३२० पुगेको छ ।