काठमाडौं । गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १९ , बागलुङमा १, तनहुँमा ९ र पर्वतमा ३ जना गरि कुल ३२ नयाँ संक्रमित थपिएका हुन् ।
